नयाँ सांसदकाे स्वागतमा फेरियो प्रदेश सभाको मुहार

सिटमा कम, सरकार निर्माणमा दम

पाेखरा | मंसिर २६, २०७९

नयाँ सांसदकाे स्वागतमा फेरियो प्रदेश सभाको मुहार

पोखरा:  नयाँ प्रदेश सांसदहरु अब छिटै गण्डकी प्रदेश सभा प्रवेश गर्दैछन् । सपथ ग्रहणका लागि । त्यसैले प्रदेश सभा भवनसहित परिसर चिटिक्क पार्न सचिवालयको टोली कस्सिएको छ । 

 

प्रवेशद्वारलाई रङ्ग्याउन सुरु गरेका कर्मचारीहरु यतिबेला गार्डेनिङ गर्नसम्म भ्याइसकेका छन्  । त्यतिमात्र होइन, फर्निचर तथा सवारी साधनको मर्मत संभारसमेत सकिएको छ । र नयाँ लाइब्रेरीकोसमेत निर्माण गरिएको छ । त्यसैले प्रदेश सभा परिसरको मुहार फेरिएको छ । 

 

६० सदस्यीय प्रदेश सभामा यसपटक ४ जना सांसद दोहोरिएका छन् । नेपाली कांग्रेसका विन्दु कुमार थापा, नेकपा एमालेका रोशन गाहामगर, माओवादी केन्द्रका हरिबहादुर चुमान र एकीकृत समाजवादीका प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङ्गे) दोहोरिएका हुन् ।

 

यद्यपी ५६ जना भने  नयाँ सांसदका हैसियतमा पहिलोपटक प्रवेश गर्दैछन् । ‘हामी नयाँ माननीयहरुको स्वागतका लागि तयारीमै छौ, प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले सुनगाभा न्यूजसँग भने, ‘माननीयहरुको उर्जाका लागि हामीले प्रदेश सभा सञ्चालन हल मर्मत संभार र बत्ती जडान तथा रङरोगनसहित आकर्षक बनाएका छौं ।’

 

उनका अनुसार प्रदेश सभा हल, सचिवालयको कार्यकक्ष, को मर्मत संभार र बत्ती जडान तथा प्रवेशद्वारदेखिनै रङरोगन, बगैंचाको गोडमेल, फूलविरुवा सार्ने कामसहित सौन्दर्यीकरण, सभामुख तथा उपसभामुखको फर्निचरहरुको व्यवस्थापन, पदाधिकारीहरुको गाडीको सर्भिसिङ भइसकेको छ । 

 

सचिव पोखरेलले पहिलो पटक प्रदेश सभा परिसरमा लाइब्रेरी निर्माण गरेको बताए । ‘अहिलेसम्म लाइब्रेरी थिएन, उनले भने, ‘म आइसकेपछि चमेना गृह भएको पुरानो भवनलाई लाइब्रेरी बनाएका छौं । यसले प्रदेश सभाको गरिमा बढाएको छ ।’ 

 

उनले सांसदहरुलाई सपथ ग्रहण कार्यक्रमकै अवसरमा लोगो वितरण गर्ने योजना रहेको सुनाए । ‘अहिलेसम्म बनेका कानून, प्रदेश सभा सञ्चालन नियमावली, एउटा संविधानको किताब र प्रदेश सभाको लोगो सुरुकै दिनमा सचिवालयको स्रोत र औकात अनुसार एउटा ब्यागमा राखेर दिने योजना बनाएको छु ।’ सचिव पोखरेलले भने ।

 

सिटमा कम, सरकार निर्माणमा दम 

 

६० सदस्यीय गण्डकी प्रदेश सभामा कुनैपनि दलको स्पष्ट बहुमत छैन । यद्यपी नेपाली कांग्रेस गण्डकीको पहिलो दल हो ।

 

कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७  ल्याएर गण्डकी प्रदेशको ठुलो दलको हैसियत बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट निधो गरेको हो । 
 

त्यसैगरि माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो हैसियतमा छ ।  सिटमा कमजोर देखिएपनि सरकार निर्माणमा माओवादी बलियो देखिएको छ ।

 

त्यसैले गण्डकीको अंकगणितमा ८ सिटमा समेटिएको माओवादी केन्द्र सरकार निर्माणमा निर्णायक भूमिकामा देखिएको छ । निर्वाचनमा पहिलो र दोस्रो भएका कांग्रेस—एमालेले सरकार निर्माण गर्न चाहे माओवादीको साथ अपरिहार्य देखिन्छ । 

 

माओवादीले ठुला दुवै दलमध्ये जुनलाई समर्थन गर्छ सोही पार्टीको सरकार बन्न स्पष्ट छ । 
 

यसैगरि २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र (राप्रपा) पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ । 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्